Friday 26th April 2024

७ वटा क्यासिनाेलाई काठमाण्डाै महानगरकाे चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही गरिन्छ

2 years अगाडी

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएकाे छ ।

आज आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग, हाेटल एल्फटकाे बाल्काे क्यासिनाे र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनेको हो । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।

बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि चार वर्षदेखि कर नतिरेको महानगरपालिकाले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र त्यसको जरिवानासहित सात दिनभित्र कर चुक्ता नगरे महानगरको राजस्व ऐनअनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । सात वटै क्यासिनोले प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ  महानगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । उज्यालो

 

          September 5, 2022 1:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...