Friday 26th April 2024

च्याम्पियन्स लिगमा आज ८ वटा खेल हुँदै

2 years अगाडी

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अन्तिम ३२ का खेल अन्तर्गत आज आठ वटा खेल हुँदैछन् ।

राति साढे ११ बजे इङ्ग्लिस क्लब चेल्सीले क्रोएसियाको क्लब डाइनामो जाग्रिबसँग खेल्दैछ । यस्तै जर्मनीको बोरुसिया डर्टमन्ड र डेनमार्कको कोपनहेगनबीचको खेल पनि साढे ११ बजे नै सुरु हुनेछ ।

पोर्चुगलको बेन्फिका र इजरायलको मक्काबी हाइफाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । यस्तै स्पेनिस क्लब सेभिल्ला र इङ्लिस क्लब म्यानचेस्टर सिटी, इटलीको एसी मिलान र अस्ट्रेलियाकाे आरबी साल्जबर्ग, स्कटल्यान्डकाे सेल्टिक र स्पेनको रियल मड्रिडबीचकाे खेल पनि यही समयमा हुनेछ ।

युक्रेनको सख्तर डोनेस्क र जर्मनीको आरबी लाइपजिग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजी र इटलीको युभेन्ट्सको खेल पनि राति पौने १ बजे नै सुरु हुनेछ । उज्यालो

          September 6, 2022 10:49 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...