Wednesday 24th April 2024

बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल याैन दुरुपयाेग मुद्दामा साढे २ वर्षकाे कैद र २५ हजार रुपैयाँ जरिबाना

2 years अगाडी

नवलपुर – जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ ।

आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाएको जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।

यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनुभयाे । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गाेपनीयता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएकाे छ ।

गएकाे चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएकाे थियाे । पीडितकाे बाबुले दायर गरेकाे जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएकाे थियाे । त्यही मुद्दामा आज अदालतकाे फैसला आएकाे हाे । उज्यालो

          September 7, 2022 3:17 am | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...