Saturday 27th April 2024

दार्चुलामा बाढी : १ जनाकाे ज्यान गयाे, ६ जना बेपत्ता

2 years अगाडी

दार्चुला – दार्चुलामा शुक्रवार रातिदेखिकाे लगातारको वर्षापछि आएको बाढीका कारण एक जनाकाे ज्यान गएकाे छ । जिल्ला सदरमुकाम खलङ्गाकाे बंगाबाड क्षेत्रमा आएकाे बाढीका कारण एक जनाकाे ज्यान गएकाे र ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयाे ।

ज्यान गुमाउनेमा नाैगाड गाउँपालिकाका ३५ वर्षीय चिमणे ठगुन्ना रहेका छन् । यस्तै महाकाली नगरपालिका ३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । यस्तै नाैगाडकै कासी ठगुन्ना र रम्बा ठगुन्ना पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ती जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनाैँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै महाकाली नगरपालिका ३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । शुक्रवार रातिदेखि परेको लगातारकाे वर्षाले दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि ती क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । उज्यालो

          September 11, 2022 12:16 am | दुरघटना,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...