Friday 19th April 2024

दाङ : बाँधमा डुबेर १ बालककाे ज्यान गयाे

2 years अगाडी

दाङ – दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आज आइतवार दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेकाे जानकारी पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीकाे सहयाेगमा खाेजी गर्दा तीन घण्टापछि हिलाेमा गाडिएकाे अवस्थामा मृत भेटिएकाे तुलसीपुर ६ वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो ।

पाैडी खेल्न उनीसँगै तीन जना गएका प्रहरीले जनाएकाे छ । उज्यालो

          October 3, 2022 11:19 am | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...