पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
पोखरा रङ्गशालाको कोर्टमा आज मङ्गलवार भएको अन्तिम क्वाटर–फाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश १ हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको हो ।
एकतर्फीजस्तै देखिएको खेलमा गण्डकीले प्रदेश १ लाई २५–२०, २५–२१ र २५–१३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारसँगे प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै भएको अर्काे खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि तीन–एकको सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो । चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
खेलको क्रममा एपीएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वाटर–फाइनलको खेल केही समयका लागि स्थगित भएको थियो । खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भए पनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् ।
भोलि बुधवार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र एपीएफ खेल्नेछन् । प्रतियोगिताको फाइनल भने पर्सि बिहीवार हुनेछ उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)