एनआरएनए कुवेतले आगामी २३ डिसेम्बर २०२२ का दिन अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता आयोजना गर्ने
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित खेलकुद मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो लागिसकेको संघका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्
नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा उक्त प्रतियोगिता अायोजना गरिने बताउँदै संयोजक ठकुरीले फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको रहरलाइ ध्यानमा राख्दै खेलकुद मैदानसम्म आउन र फर्कनको लागि बिभिन्न स्थानबाट यातायातको व्यवस्था पनि गर्न लागिएको बताए ।
खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि आगामी शुक्रबार टाइ-सीट तयार गरिने जनाउँदै प्रयोगितामा भाग लिन चाहने टिमहरूले शुक्रबारसम्ममा टिम दर्ता गराउन पनि संयोजक ठकुरीले सबै खेलकुद टिमहरूलाइ अनुरोध गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ ।
कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानविय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
December 12, 2022 12:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)