शेयर बजार साढे १४ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीकाे ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि रुरु जलविद्युत् परियोजना र इष्टर्न हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो
December 16, 2022 3:29 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...