यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने विश्व बैंकको अनुमान
काठमाण्डाै – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा धेरै फरक नपर्ने जनाएको हो ।
अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको विश्व बैंकको अनुमान छ । यस्तै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । कोरोना महामारीको प्रभावसँगै रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने विश्व बैंकको प्रक्षेपणबीच नेपालको अर्थतन्त्र भने स्थिर रहने देखिएको छ ।
विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा सीमित हुने छ । विश्व बैंकले छ महिना अगाडि विश्वको अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान गरेको थियो । यस्तै सन् २०२३ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५ दशमवल ५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एसियाली देशमध्ये यस वर्ष सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ८ दशमलव २ र सबैभन्दा कम श्रीलङ्काको शून्य ४ दशमलव २ प्रतिशत रहने अनुमान छ । दक्षिण एसियामा नेपालभन्दा माथि माल्दिभ्स, भारत र बङ्गलादेशको आर्थिक वृद्धि राम्रो रहने अनुमान छ । विश्व बैंकले दक्षिण एसियामा खाद्यान्नको मूल्य वृद्धिसँगै विपन्न र न्यून आय भएका समूह खाद्य असुरक्षाको सङ्कटमा धकेलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तनको असरले अर्थतन्त्र थप सङ्कटमा जान सक्ने जोखिम रहेको विश्व बैंकको भनाइ छ ।
अमेरिका, युरोपेली देश र चीनको अर्थतन्त्र सङ्कटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको विश्व बैंकको भनाइ छ । सन् २०२३ मा अमेरिकाले आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशत र चीनको चार दशमलव ३ प्रतिशत रहने अनुमान छ । उज्यालो
January 11, 2023 5:27 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता