भूकम्पका कारण बाजुरामा एक जनाको ज्यान गयो, क्षतिको थप विवरण संकलन हुँदै
1 year अगाडी
manoj Thapa
काठमाण्डौ – बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।
गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।
दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।
भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । उज्यालो
January 24, 2023 5:58 pm | दुरघटना,रोचकप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
सहकारी सुधारमा इटहरी : सञ्चालकको सम्पत्ति विवरण माग गर्ने, अटेर गर्ने सहकारीलाई कारबाही
तमू समाज कुवेतद्धारा “आठौ बृहत रक्तदान कार्यक्रम” मे ३ तारिख गर्ने
कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ
विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग
मोना कुवेतद्वारा महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण
नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका तिरुवा
संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा
Loading...