Friday 19th April 2024

रातिसम्म पनि साम्य भएन नयाँ बसपार्कको तनाव, पैदल यात्रु त्रासमा

1 year अगाडी

काठमाण्डाै – यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज साेमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए ।

आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न पाएनन् । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पटक–पटक झडप भएको छ । झडपमा प्रहरीले अशृ ग्यास र लाठीचार्ज गरेको छ भने यातायात मजदुरले ढुङ्गा हानेका छन् । प्रदर्शनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोस्टसमेत भत्काएका छन् ।

रातिसम्म पनि नयाँ बसपार्क क्षेत्रको अवस्था सामान्य हुन सकेको छैन । प्रदर्शनकारी र प्रहरीको कुटाइ खाने डरले सर्वसाधारण हिँडडुल गर्नसमेत डराइरहेका छन् । एकातिर गाडी नपाउने र अर्कोतिर पैदल हिँड्दासमेत त्रास भएकाे उनीहरूको गुनासो छ ।

यसैबीच यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । उज्यालो

          February 14, 2023 3:28 am | राजनीति,रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...