Saturday 18th May 2024

नुवाकोटमा बस दुर्घटना : ३ जनाकाे ज्यान गयाे, २३ जना घाइते

1 year अगाडी

नुवाकाेट – नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बिहीवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डाै पठाइएको छ ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरकाे बस विदुर–१२ चैनपुरकाे पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएकाे नुवाकोटका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उज्यालो

          February 16, 2023 9:25 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...