कुवेतमा एम.बि बमजन गोल्ड कप अनिश्चित कालको लागि स्थगित “माउण्ट एभरेष्ट कप” १७ मार्चमा खेलाईने
कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ।
क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, सो को बदला “माउण्ट एभरेष्ट कप” स्थापना गरि आफ्नो फुटवल आयोजनाको १९औं संस्करण तत्काल सम्पन्न गर्ने समेत जानकारी दिएको छ।
क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्र्बार १७ मार्च २०२३ का दिन कुवेतको फर्वानियास्ठित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको क्लवको मासिक बैठकले आगामी खेल १७ मार्च २०२३ शुक्र्बारका दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा खेलाउने निर्णय गरेको हो।
क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार, महबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि ‘इन्ट्री फि’ बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।
February 20, 2023 5:37 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)