Thursday 18th April 2024

डीआईजी सिंहको राजीनामा स्वीकृत

1 year अगाडी

काठमाण्डाै – प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज बिहीवार स्वीकृत भएको छ ।

गृह मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डीआईजी सिंहकाे राजीनामा स्वीकृत गर्नुभएको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ ।

सिंहले हिजाे बुधवार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाउनुभएको थियो । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि सिंहले पदबाट राजीनामा दिनुभएको हो । यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नेपाल प्रहरीले पनि उहाँको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उज्यालो

          February 23, 2023 9:18 pm | राजनीति,रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...