Sunday 5th May 2024

पाँचथरमा आगलागीमा परेर दुई जना बालककाे ज्यान गयो

1 year अगाडी

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ ।

शुक्रवार आज दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको ज्यान गएको हो।

दिउँसो अभिभावक जङ्गल गएकाे समयमा उनीहरु मात्रै घरमा रहेकाे बेला आगलागी भएकाे हाे ।

आगलागीकाे कारण भने खुल्न नसकेकाे वडाध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो । आगलागीबाट घर पूर्ण रुपमा जलेकाे उहाँले जानकारी दिनुभयाे । उज्यालो

          February 25, 2023 3:11 am | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...