Sunday 5th May 2024

प्युठानमा जेसिबी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु

1 year अगाडी

प्युठान। प्युठानको माण्डवि गाउपालिका -५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती -२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका राम बहादुर थापा(गोपाल) रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती -२ कि वसन्ता भुसाल आचार्य घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङ तर्फ आउदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी -२ रानिबगरमा आयोजना भएको वडा स्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो। दुर्घटनापछी कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटिका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो। कामना दैनिक

          March 4, 2023 1:37 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...