 
						 
खुलामञ्चमा प्रवेश गर्न नदिएपछि गेटमा धर्ना दिँदै मिटरब्याज पीडित
 
 काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याज पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चकै अगाडि प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । खुलामञ्चमा काठमाण्डौ महानगरका नगर प्रहरीले प्रवेश गर्न नदिएपछि आफूहरू खुलामञ्चको गेटमै प्रदर्शन गरेर बसिरहेको मिटरब्याजविरुद्ध सङ्घर्ष समितिले जनाएको छ । अहिले ९२ जना मिटरब्याज पीडितहरूले गेटमै धर्ना दिइरहेका पनि समितिले जनाएको छ ।
खुलामञ्चमा प्रवेश नदिए आफूहरू रातभरि गेटमै बसेर भोलि मङ्गलवार संसद् भवन वा प्रधानमन्त्री कार्यालय घेर्न जाने कार्यक्रम रहेको पनि समितिले जनाएको छ । साथै कानुन बनाउनका लागि दबाब दिनुपर्ने भएका कारण यस पटक आफूहरू माइतीघर मण्डलामा भने नबस्ने पनि समितिले जनाएको छ ।
प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाण्डौ आएका हुन् । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदल यात्रा गरेर काठमाण्डाै आएका हुन् ।
यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताउनुभएको छ । फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका पीडितहरूको पक्षमा रहेको भन्दै माग सुनाउन पीडितहरू काठमाण्डौ आउने अवस्था रोक्न सङ्घीय सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । उज्यालो
March 27, 2023 8:43 pm | राजनीति,समाज 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
