Sunday 5th May 2024

भारतकाे इन्दाैरमा मन्दिरकाे छत भत्किँदा ३६ जनाकाे ज्यान गयाे, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

1 year अगाडी

रामनवमी पर्व मनाउन भारतकाे मध्य प्रदेशकाे इन्दाैरमा रहेकाे शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी भइरहेकाे छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीवार भक्तजन भेला भएका थिए । भिडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दाैरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताउनुभएकाे छ ।

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिएको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् । ७५ जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो ।

घटनाबारे जानकारी पाउनेबित्तिकै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृह मन्त्री नरेन्द्र मिश्र घटनास्थल पुग्नुभएको थियो । उहाँहरूले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । उज्यालो

          March 31, 2023 3:48 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...