तमू समाज कुवैतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन र डिसेम्बर २७ मा तमू ल्होसार सम्पन्न गर्ने
कुवेत – तमू गुरुङहरु साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आगामी सेप्टेम्बर २७ तारिख २०२४ शुक्रबारको दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा
बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान पर्व ‘तमू लोसार’ डिसेम्बर २७ तारिख २०२४ शुक्रबार दिन मनाउने भएको छ।
“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको तमू समाज कुबेतको २० अगस्ट २०२४ शुक्रबारको दिन समाजको अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको मासिक बैठकले सो दिन निर्णय गरेको समाजका महासचिव सुरेश गुरुङले मिडिया लाई जानकारि दिएका छन्।
कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।
कार्यक्रमको विवरण:
मिति:- सेप्टेम्बर २७ तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटलको सभाहल
समय:- मध्यान १२ बजेदेखी
आयोजक:- तमू समाज कुबेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता