मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् ।
नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाको सरकारले जनाएको छ ।
मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएकामा आर्थिक वर्ष २०८०/८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने निर्णय गरेपछि यो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।
श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार मलेसियासहित खाडी सहयोग परिषद् (जीसीसी) का बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य हुन् । १० वर्षअघिदेखि यी सात देशले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ८० प्रतिशतभन्दा बढी रोजगारीको अवसर दिँदै आएका छन् ।
मलेसियाले एक महिनाअघि मात्र विदेशी कामदारका लागि आंशिक रूपमा श्रम बजार खुला गर्दै बगान, गार्मेन्टलगायत केही क्षेत्रमा कोटा तोकेर कामदार लैजाने निर्णय गरेको छ । नेपाली श्रमिक मलेसिया लैजाने प्रक्रिया भने अहिलेलाई बन्द छ । याे प्रक्रिया छिटै खुलाउने तयारी भइरहेको सरकारले जनाएको छ । उज्यालो
October 20, 2024 8:31 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता