टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : युरोप, अमेरिका र अस्ट्रेलियासम्म निर्यात
काठमाण्डाै – काठमाण्डौको टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्तिमा टोखाको चाकुको माग बढ्ने हुनाले टोखाका व्यवसायी अहिले चाकु र अरू परिकार बनाउन व्यस्त छन् ।
टोखाको चाकु युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्ने गरेको छ । चाकु माघेसङ्क्रान्ति अर्थात् जाडोयाममा धेरै खाने परम्परागत एवम् मौलिक परिकार हो । काठमाण्डाै उपत्यकाभित्र पनि टोखाको चाकु धेरै लोकप्रिय छ ।

टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघेसङ्क्रान्तिमा चाकुको माग धेरै हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ वटा किसिमका चाकु बनाउने गरेको व्यापारीले बताएका छन् ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पेशामात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।

चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको श्रेष्ठले बताउनुभयो । चाकुको उत्पादन दुई महिनामात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने उहाँकाे भनाइ छ । उहाँले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि उल्लेख गर्नुभयो ।
श्रेष्ठका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चाकु निर्यात हुने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरूमा चाकु बढी मात्रामा जाने गरेको उहाँको भनाइ छ उज्यालो
December 29, 2024 4:34 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन