कुवेतमा छायांकन गरिएको “माया” गीत सार्वजनिक
कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन कार्य निरेम प्रोडक्सन र काम चलाउ स्टुडियो कुवेतको सहकार्यमा सम्पन्न गरिएको हो। भिडियोमा अर्जुन गुरागाईं, सिमा गुरुङ, सुवोध गिरी, किरण राई, रेनु र एन्जल लिम्बु जस्ता कलाकारहरूले अभिनय गरेका छन्, जसले गीतको भावनात्मक गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।
गीतमा स्वर र अभिनय दुबै अर्जुन गुरागाईं को रहेको छ। शब्द ऋतेश गुरागाईं, संगीत बिकेश साउदेन, गितार एरेञ्जमेन्ट मनोज मोहते तथा मिक्सिङ/मास्टरिङ डम्बर लिम्बु द्वारा गरिएको हो। रेकर्डिङको सम्पूर्ण प्रक्रिया काम चलाउ स्टुडियो, कुवेत मा सम्पन्न भएको हो।गायक अर्जुन गुरागाईंले यो सिर्जनात्मक यात्रामा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै यस प्रकारको कामले विदेशमा रहेर पनि नेपाली कला र संस्कृतिप्रति समर्पणलाई झल्काउँछ भन्ने उल्लेख गरेका छन्।
May 2, 2025 4:11 pm | Uncategorized,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा