भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार
11 months अगाडी
manoj Thapa
काठमाण्डौ – आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले ३५ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।
काशीपुरबाट उद्धार गरिएका ती युवाहरु १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई हप्तादेखि १० महिनासम्म बन्धक थिए । उद्धार गरिएकाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् ।
दूतावासले विज्ञप्ति निकालेर उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवालाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिलाई समेत उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ । उज्यालो
June 22, 2025 8:55 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...