प्रदर्शनकारीको आगजनीबाट राजस्व कार्यालय वीरगन्जमा एक करोडको क्षति
पर्सा —जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आन्तरिक राजस्व कार्यालय वीरगन्जमा तोडफोड र आगजनी गर्दा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । यो रकम भवनको क्षति बाहेकको हो ।
कार्यालयका सूचना अधिकृत रामेश्वरकुमार मिश्रले आगजनीबाट कार्यालयको भुई तल्लामा रहेको सेवा शाखामा पूर्ण रुपले र संकलन शाखामा आंशिक क्षति पुगेको बताए । त्यसैगरी पहिलो तलामा रहेको कर परीक्षण ‘क’ शाखा पनि क्षतिग्रस्त भएको उनले बताए ।
कार्यालय प्रमुखको कार्यकक्षमा क्षति पुगेको छ । भुइँतलामा रहेका शाखाहरुमा आगजनीपछि त्यहाँ रहेका सबै कम्प्युटरका हार्ड डिस्क र र्याम पनि जलेको उनले बताए । ‘संकलन शाखा, सेवा शाखा, कर शाखा, प्रमुखको कार्यकक्ष, गोप्य शाखा समेतबाट आगजनी नगरिएका कम्प्युटरका हार्ड डिस्क र र्याम चोरी गरिएका छन् ।’
२ देखि ५ करोडसम्म कारोबार भएका सेवाग्राहीको फाइल र अनलाइन रेकर्डसमेत नष्ट भएका छन् । कतिपय फाँटमा रोजीरोजी फाइल नष्ट गरेको पनि पाइएको मिश्रले बताए । ‘कतिपय फाइल रोजीरोजी दराज खोलीखोली पनि छानेर लगिएको पाइएको छ,’ उनले भने, ‘जान्ने मान्छेहरुले नै यो काम गरेको पक्का छ । कान्तिपुर
September 27, 2025 2:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता