Thursday 25th December 2025

अपडेटः बझाङमा जीप दुर्घटना हुुँदा मृत्यु हुने संख्या ३ पुग्यो, ७ घाईते

7 years अगाडी

  • रिदम सिंह,

बझाङ, २३ असोज । बझाङ जिल्लामा जीप दुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ । बागथलाबाट विजगडाको लागि छुटेको से १ ज ७२ ट नम्बरको जीप मंगलबार बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको उपचारको लागि काठमाडौ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

७ जना घाईतेको थप उपचारका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर, बझाङको लागि उडिसकेको बताइएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३५ वर्षीय प्रेम बोहरा,६५ वर्षीया विष्ना देवी बोहरा,र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का ५६ बर्षीय धनबहादुर बोहरा रहेका छन् ।

          October 9, 2018 4:53 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...