स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
कुवेत – स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
” सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियान गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अभियन्ता बि बि मल्ल ठकुरीले बताए ।
आउँदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रम लाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन् साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरु लाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपायको खण्डमा यसै समाचार लाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका छन् ।
युगल साँझका अतिथी गायक तुल्सी शिवाकोटी यही आउँदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ को दिन स्थानिय समय अनुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा संघ संस्थाको प्रतिनिधि,पत्रकार,खेलाडी,कलाकार, समाजसेवी साथै सम्पुर्ण कुवेत बासीहरु लाई स्वागतको लागी एयरपोर्ट मा उपस्थित हुन् स्याङ्जा सहयोग समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।
October 9, 2018 10:05 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।