दशैँको मुखमा खुशीको खबर : घट्यो सुनको मूल्य !
8 years अगाडी
Susma Dhakal
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । दशैँको मुखमा ओरालो लाग्न थालेपछि गहनाका पारखीहरु खुशी भएका छन् ।सोमबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने घटेर बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ । सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
October 10, 2018 2:32 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...