Thursday 21st May 2026

चीनसँग नेपालको सहज जीत, २७ रनको लक्ष्य ११ बलमा

8 years अगाडी

काठमाडौं, २४ असोज । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले चीनविरुद्ध सहज जित निकालेको छ । यो नेपालको लगातार पाँचौं जित हो ।चीनले दिएको २७ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले ११ बलमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । चीन विरुद्ध १० विकेटले जितेको नेपालका लागि ओपनर बिनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे भने प्रदीप ऐरी पनि ४ रनमा अविजित रहे ।

यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनलाई नेपालका बलरहरुले सशक्त आक्रमण गरे । चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए । नेपालका सन्दीप लामिछाने खेलमा म्यान अफ दि म्याच घोषित भए । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा केवल २६ रन मात्रै बनाउन सक्यो । चीनका लागि केवल ३ जना खेलाडीले मात्रै रन बनाउन सके भने ७ खेलाडी बिना रन प्याभेलियन फर्किए । नेपालले लगातार पाँच खेल जितेर १० अंक जोडेको छ ।

          October 10, 2018 3:00 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...