Monday 18th May 2026

कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम गरीने

8 years अगाडी

कुवेत – कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम गरीने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम गरीने भएको हो ।

आउँदो २ नोभेम्बर २०१८ तारीख शुक्रबारको दिन गजल कविता मुक्तक वाचन गर्दै १०९ औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती मनाउने भएको हुनाले सम्पूर्ण कुवेतवासी नेपाली यही समाचार मार्फत चुले निम्ति स्वीकार गरि उपस्थित हुनका लागी समाजका महासचिब राज श्रेष्ठले अनुरोध गरेका छन् ।

उक्त कार्यक्रम दिनको १० :३० देखि शुरु भएर ३ बजेसम्म सक्नुपर्ने भएको हुनाले कुवेतलाई कर्मथलो बनाई बसेका सबैजना साहित्य अनुरागी हरुलाई आ-आफ्नो रचनाहरु लिएर समयमै उपस्थित भइ दिनुहुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले जानकारी गरायका छन् ।

त्यसैगरी ब्यानर सौजन्य सोही संस्थाका संस्थापक सदस्य केदार नाथ खरेलले गर्ने भएका छन् । तीन बजेपछि सोही हलमा अर्को कार्यक्रम भएको हुनाले आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरु समयमा उपस्थित भइ कार्यक्रमलाई सफल पार्न सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम- लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्म जयन्ती
स्थान:- पपिन्स हल जिलिब
समय :- दिन को १० : ३० बजे
मिति :-२ नोभेम्बर २०१८

          October 10, 2018 8:41 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...