कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै
प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् ।
उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए ।
कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो ।
उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।
कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद सहा विशिष्ट अतिथि थिए ।
कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।
October 11, 2018 3:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।