सांसद शाहले फिर्ता गरे बुद्ध भारतमा जन्मिएको विवरण उल्लिखित ‘मायाको चिनो’
सडक परिवहन तथा राजमार्ग मन्त्रालय भारतले सांसद शाहलार्इ दिएकाे मायाकाे चिनाे
कपिलवस्तु – राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो चरित्र हत्या नगर्न कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद अभिषेक प्रताप शाहले आग्रह गर्नु भएको छ ।
कृष्णनगरमा रहेको शाह भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै सांसद शाहले आफूले गौतम बुद्ध भारतमा जन्मेको भन्ने विषय कहीँ कतै नबोलेको र त्यस विषयलाई प्रोत्साहन पुग्ने कुनै कार्य नगरेको स्पष्ट पार्नु भएको छ ।
भारतको सिद्धार्थनगर जिल्ला अन्र्तगत शोहरतगढको छतहरीमा आयोजित सडक शिलान्यास कार्यक्रममा छिमेकी जिल्लाको सांसदको नाताले आफू सहभागी भएको बताउँदै सांसद शाहले त्यस कार्यक्रममा सहभागी हुँदा लुम्बिनीको बारेमा कुनै चर्चा नभएको स्पष्ट पार्नु भएको छ ।
‘भारतीय सरकारले निर्माण गर्न लागेको सीमावर्ती बढनीबाट शोहरतगढसम्मको ३५ किलोमिटर २ लेनको सडक निर्माण कार्यको उद्घाटन समारोहमा म पुगेको थिए’, सांसद शाहले भन्नुभयो, ‘त्यहाँ भगवान गौतम बुद्धको विषयमा कुनै चर्चासम्म भएको छैन । तर मेरो नाम जोडेर लुम्बिनी भारतमा पर्छ भन्ने खालको विषयलाई मैले बढावा दिएको भन्दै भ्रामक समाचार प्रकाशित भएको छ ।’
सांसद शाहलार्इ प्राप्त निमन्त्रणा पत्रआफूलाई पठाइएको निमन्त्रणा कार्ड देखाउँदै सांसद शाहले भन्नुभयो, ‘त्यस निमन्त्रणा पत्र र सम्पन्न कार्यक्रममामा गौतम बुद्धको विषयमा कुनै कुरा उल्लेख गरिएको छैन । आफू केवल सडक निर्माण कार्यको उद्घाटन कार्यक्रममा सहभागी भएको हो ।’
सांसद शाह यतिमा मात्रै रोकिनु भएन । उहाँले अगाडि भन्नुभयो, ‘गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा नै पर्ने विषय हामी सबै नेपालीका लागि गौरवको विषय हो, तर मलाई लुम्बिनी भारतमा पर्छ भन्ने विषय बोलेको र त्यसको समर्थन गरेको भन्ने झुठो प्रचारसहित केही सञ्चार माध्ययममा समाचार प्रकाशित भयो, त्यस प्रति म निकै दुःखी छु ।’
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भगवान बुद्धको जन्म लुम्बिनी नेपालमा पर्छ भनेर विभिन्न समारोहमा बोलेका कुरालाई अब कसैले तोडमोड गर्न सक्दैन, उहाँले भन्नु भयो, ‘मलाई हाम्रो लुम्बिनी हाम्रो राष्ट्रिय सम्पदा हो । यसको विकास र प्रचार प्रसार गर्नुपर्छ भन्ने कुरा प्रष्टसँग थाहा छ । यो विषयमा मलाई कसैले सिकाउनु पर्दैन ।’
‘म सहभागी भएको कार्यक्रमको समाप्ति पछि आफूलाई दिइएको मायाको चिनोमा आफ्नो फोटो समेत प्रकाशित गरी आयोजक संस्थाले लुम्बिनी भारतमा पर्छ भनेर लेखेका रहेछन्, जुन विषय प्रति आफ्नो असहमति रहेको छ’, उहाँले भन्नुभयो ।
आफूले पाएको मायाको चिनोमा लेखिएको विषय आफूले खासै ख्याल नगरेको र घरमा आएर त्यो विषय आफूलाई थाहा भएपछि लेखिएको व्यहोरा सच्चाउन पत्रसहित आफूले प्राप्त गरेको मायाको चिनो आयोजक समिति सडक परिवहन तथा राजमार्ग मन्त्रालय भारत सरकारलाई फिर्ता पठाईसकेको स्पष्टिकरण छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)