राउटेले प्रधानमन्त्री भेट्न पाएनन्, उपराष्ट्रपतिले दिए ५० हजार
काठमाडौं – प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार फर्कंदै छन् ।
सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश भएर फर्किने तयारीमा लागेका हुन् ।
राउटेहरू सँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको बताइन् । २०६७ सालदेखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्दै आएका छन् ।
गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई रु.५ लाख सहयोग गरेको थियो । ‘यसपालि उपराष्ट्रपति नन्दकिशोर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्, ‘राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्यो । राउटे बस्तीमा राज्यले स्वास्थ्यचौकी शिविर, शिक्षा चलाउनुपर्यो ।’ कान्तिपुरमा खबर छापिएकाे छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)