किन खोजिन्छ दसैँमा नयाँ नोट ?
काठमाडाैं-दसैँकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेबाट सुरु भएको हो भन्ने तिथिमिति भन्न सक्दैनन् । यद्यपि, नेपालमा नोटको प्रचलन सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने चलनचल्ती बसेको हुन सक्ने उनीहरू बताउँछन् ।
नेपालमा नोट छाप्न सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन सुरु भएको हुन सक्ने संस्कृतविद् सह–प्रा.डा. जगमान गुरुङ बताउँछन् । ‘त्यतिवेला शासक तथा पहुँच भएकाहरूले नयाँ नोट प्रयोग गरे होलान्, त्यसपछि क्रमशः अरूले पनि प्रयोग गर्न थालेको हुन सक्छ,’ उनी भन्छन्, ‘अहिले दसैँमा नयाँ नोट साट्ने संस्कृति नै बनिसकेको छ ।’
दसैँमा नयाँ लुगा लगाउने, नयाँ खानेकुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने संस्कारसँगै नयाँ नोट प्रयोग गर्ने चलनको विकास भएको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
October 13, 2018 7:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने