द्रुतमार्गका अग्ला पुल निर्माण गर्न ६ वटा कम्पनी छनोट
काठमाडौं । तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। सेनाले द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको आजकोअन्नपूर्ण पोष्टमा समाचार छ ।
सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार पाँच चिनियाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएको जानकारी दिए।
सेनाले अग्ला पुल बनाउन २०७४ चैतमा ग्लोबल टेन्डर आह्वान गरेको थियो। १५ वटा कम्पनीले पुल बनाउन इच्छा जाहेर गर्दै आवेदन गरेका थिए।
नौ कम्पनी सेनाको मूल्यांकनमा बाहिरिए।
प्रवक्ताका अनुसार टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेन्चर छनोट भएको हो। चिनियाँ कम्पनीमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेलवे २० ब्युरो ग्रुप कर्पोरेसन छन्।
यस्तै चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर, लोङजियान रोड एन्ड ब्रिज कम्पनी परेका पनि छनोट भएका छन्।
October 15, 2018 3:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने