द्रुतमार्गका अग्ला पुल निर्माण गर्न ६ वटा कम्पनी छनोट
काठमाडौं । तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। सेनाले द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको आजकोअन्नपूर्ण पोष्टमा समाचार छ ।
सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार पाँच चिनियाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएको जानकारी दिए।
सेनाले अग्ला पुल बनाउन २०७४ चैतमा ग्लोबल टेन्डर आह्वान गरेको थियो। १५ वटा कम्पनीले पुल बनाउन इच्छा जाहेर गर्दै आवेदन गरेका थिए।
नौ कम्पनी सेनाको मूल्यांकनमा बाहिरिए।
प्रवक्ताका अनुसार टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेन्चर छनोट भएको हो। चिनियाँ कम्पनीमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेलवे २० ब्युरो ग्रुप कर्पोरेसन छन्।
यस्तै चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर, लोङजियान रोड एन्ड ब्रिज कम्पनी परेका पनि छनोट भएका छन्।
October 15, 2018 3:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।