दशैँमा यसरी बनाउनुस् स्वादिलाे खसीकाे पक्कु
नेपालीहरूकाे महान चाड दशैँ सुरू भइसक्याे । दशैँ सुरू भएसंगै सबैले विभिन्न प्रकारका मिठाे खानेकुरा अझ भनाै खसीकाे मासुकाे विभिन्न परिकार बनाएर खाने गर्छन् । यस्तै खसीका परिकार मध्ये खसीकाे पक्कु यसरी बनाउन सक्नुहुन्छ ।
सामाग्री
खसीकाे मासु, कसाैडी, जिरा धुलाे, धनियाकाे धुलाे, गरम मसला, बेसार, नुन, राताे धुलाे खुर्सानी, ताेरीकाे तेल, तेजपत्ता (सबै सामाग्री अावश्यकता अनुसार)
विधि
मासुमा जिरा धुलाे, धनियाकाे धुलाे, बेसार, राताे धुलाे खुर्सानी, नुन, ताेरीकाे तेल हालेर प्रत्येक पिसमा लाग्नेगरी एकछिनसम्म मजाले माेल्नुहाेस् । यसलार्इ ढाकेर रातभर राख्नुहाेस् । अर्काेदिन भएपछि अब यसलार्इ पकाउनका लागि कसाैडिलार्इ अागाेमा बसाल्नुहाेस् । कसाैडी तातिसकेपछि माेलेर राखेकाे मासु हालेर सानाे अागाेमा मजाले फ्राइ गर्नुहाेस् । यसलार्इ नढाकी राताे नहुँदासम्म ७ देखि १० मिनेटसम्म फ्रार्इ गर्नुस् ।अनि त्यसमा तेजपत्ता राखेर फेरी चलाउनुस् । अब एउटा कचाैरामा पानी राखेर उक्त कसाैडीकाे मुखमा राखेर ढाक्नुहाेस् । कचाैराकाे पानी नसुक्दासम्म सानाे अागाे गराएर त्यसलार्इ छाेड्दिनुस् । कचाैराकाे पानी सुकिसकेपछि त्यसलार्इ एकपल्ट चलाएर गरम मसला हाल्नुहाेस् र २ देखि ३ मिनेटसम्म पकाउनुस् । अब तयार भयाे स्वादिलाे खसीकाे पकु ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)