कुवेत आएको २ महिना नहुँदै दसैंको मुखैमा एक नेपाली युवाको मृत्यु:
कुवेत, अक्टोबर १५- कुवेतमा एक नेपाली युवाको दुखद निधन भएको छ । पोखराका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिखमा कारको ठक्करबाट ज्यान गएको हो ।कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका उनको कुवेत आएको २ महिना नहुँदै दु:खद निधन भएको हो ।३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरबाट करिब २ महिना पहिले मात्र कुवेत आएका हुन । मृतक हरिबहादुर कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा क्लिनरको काम गर्दै आएका थिए ।
फर्वानियामा कम्पनीको कोठामा बसेका उनी गत ५ तारिख बेलुका खाना खाएर बाहिर निस्केपछि कोठामा नआएको उनीसँगै काम गर्ने म्याग्दीका बिमल मगरले जानकारी दिए । कुवेतको स्थानीय समय अनुसार करिब ९ बजे बाहिर निस्केका उनी कोठामा नफर्केपछी खोजी भएको थियो ।उनको मृत्यु बारे गत बिहीवार ११ तारिख मात्र कम्पनीले जानकारी गराएको पनि बिमल मगरले बताए ।
नेपाली दूतावास कुवेतले घटना बारे मृतकको घरमा जानकारी गराइसकेको छ । उनी रातको समयमा रक्सी खाएर हिडेको र सोही समयमा कारले ठक्कर दिएको बुझिएको नेपाली दूतावास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरले बताए । यद्यपि उनका सहकर्मीले पनि हरिबहादुर रक्सि खाएर बाहिर निस्केको बताएका छन ।
मृतकको शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेको र कम्पनीसँग समन्वय गरेर आवश्यक क्षेतीपुर्तीको लागि पहल गरिरहेको द्धितिय सचीव ज्ञान बहादुर मगरले जानकारी दिए । उनको शव तुरुन्तै नेपाल पठाइने पनि द्धितिय सचीव मगरले बताए ।
मृतक हरिबहादुरको घरमा ९ महिनाकी छोरी, श्रीमति रहेको बुझिएको छ । श्रोत – हाम्रो सन्चार डटकम
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा