Thursday 25th December 2025

स्याउले धान्छ दसैं

7 years अगाडी

मुगु – मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

असोज पहिलो साताबाट स्याउ बिक्री गर्न सुरु गरेका उनले दसैं खर्च जोहो गरिसके । यस वर्ष उनले डेढ लाखको स्याउ बिक्री गरे । उनको परिवारमा २ छोरा, २ बुहारी, श्रीमती र बुवा छन् ।

छायानाथका कृषि शाखाका योजना अधिकृत केवी रोकायाका अनुसार स्याउ बिक्री गरेर दसैं खर्च जोहो गर्ने किसान धेरै छन् । ‘असोज पहिलो साताबाट टिप्न सुरु गरिन्छ,’ उनले भने, ‘किसानले चैतसम्म स्टोर गरेर बिक्री गर्छन् ।’

          October 16, 2018 4:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...