Thursday 25th December 2025

बिजुलीको करेन्ट लागेर एक महिलाको मृत्यु ।

7 years अगाडी

तेज थापा,

प्युठान – हिजो प्युठानमा करेन्ट लागेर एक महिलाको दुखद निधन भएको छ । ऐराबति गाउँपालिका -४ धुबाङकि २७ वर्षिय सुमा भन्डारीको विद्युत सट भई मृत्युु भएको हो । दशै नजिकिँदै जादा घर सिंघार्न लागेकि भन्डारीलाई अकस्मात बिजुलीको तारमा छुन पुग्दा करेन्ट लाग्न पुगेको थियोे ।

घाइते भन्डारीलाइ तत्कालै जिल्ला अस्पताल प्युठान पुर्याईए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए भने मृतकको सब पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको छ ।

मृतक भन्डारीका श्रीमान रोजगारीका सिलसिलामा हाल प्रवासमा छन् भने उनकि २ छोरी छन् ।

          October 16, 2018 5:50 pm | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...