पूर्व राजा ज्ञानेन्द्रले दिए देशवासीको नाममा दँशै शुभकामना
पूर्व राजा ज्ञानेन्द्रले देशवासीको नाममा दँशै शुभकामना दिएका छन् । शुभकामना जस्ताको तस्तै –
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ ! विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले वेष्ठित रहेको छ । कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्य आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको छ ।
देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु । देशमा शान्ति–सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने, कोपिला बालबालिकाहरूसमेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।
देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन्, तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्नसमेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरून्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ। ।।जय नेपाल।।
October 17, 2018 5:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)