मेलम्चीकाे सुरुङको अन्तिम काम अझै ७ किलाेमिटर बाँकी
चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ । गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो ।
ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ । दशैंँ र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महीनाभन्दा बढी समय लाग्ने बताइएको समाचार काराेबार दैनिकमा छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायी रुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायी रुपमा अर्कै बाटाबाट स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार सुरुङभित्र तीन ठाउँमा भ्याण्टिलेशन जडान गर्नुपर्ने हुँदा सबै उपकरण आइसकेकाले अब सो काम पनि चाँडै हुनेछ ।
October 17, 2018 4:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।