Monday 18th May 2026

नेपाली दूतावास कतारले सामुहिक टीका ग्रहण कार्यक्रमको आयोजना गर्दै

8 years अगाडी

दोहा । नेपाली राजदुतावास कतारले दसैंमा स्वदेश फर्किन नसकेका नेपाली कामदारलाई लछित गरी दसैं विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

दूतावासले आउँदो शुक्रबार बिजया दशमीको अवसर पारेर कतारको  ऐन खालिद, दोहा स्थित आफ्नै भवनमा कतारमा रहेका नेपालीहरु बिच एक आपसमा सुभकामना आदानप्रदान तथा सामुहिक टीका ग्रहण कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ।

नेपालीहरुले महान चाडको रूपमा मनाउने विजया दशमी, तिहार एवं छठको सु–अवसर पारेर वैदेशिक रोजगारीका लागि कतार आएका नेपालीहरु बिच आपसी भाइचारा र एकतालाई कायम राख्न सामुहिक कार्यक्रमको आयोजना गरिएको दूतावास जानकारी दिएको छ।

          October 18, 2018 4:48 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...