Monday 10th November 2025

पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि

7 years अगाडी

साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि गरेको छ ।
सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि गरेको हो ।
यो मामिलाका डेप्युटि इन्टेलिजेन्स चीफ अहमद अल असीरी र राजकुमार मोहम्मद विन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।
पत्रकार खसोगीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशाेगीकाे हत्या भएकाे तथ्य झूटाे भएकाे भन्दै अाएकाे साउदी सरकारले पहिलाे पटक खशाेगीकाे दूतावासमै हत्या भएकाे स्वीकारेकाे हाे ।
खशाेगी राजकुमार मोहम्मद विन सलमानका अालाेचक मानिन्थे र उनी गएकाे वर्षदेखि अमेरिकामा बस्दै अाएका थिए ।

          October 20, 2018 3:00 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...