डिएक्सन दुबई शाखामा आबद्द नेपालीले मनाए बडा दशैँ
कैलास अर्याल –
युएई – जताततै दशैँ मनाई रहँदा डिएक्सन दुबई शाखामा आबद्द नेपालीले बडा दशैँ मनाएका छन् ।
गत शुक्रवार युएईको करमा स्थित डिएक्सन दुबई शाखाले बिजया दशमी टीका जमरा ग्रहण कार्यक्रम आयोजना गरी दशैँ मनाएको हो ।
यम घर्ती मगरले कार्यक्रमको उद्घाटन गर्नुभयको थियो भने नर प्रासाद ढकाल र अपृशा केसीले सामुहिक रुपमा कार्यक्रम संचालन गर्नुभयको थियो । कार्यक्रमको संयोजन गोबिन्द राहु बाट भएको थियो साथै कार्यक्रममा कैलाश अर्यालको मुख्य भुमिका रहेको थियो ।

कार्यक्रममा सबै उपस्थित हरुले आफु भन्दा अग्रजहरुको हातबाट टिका लगाई आशिर्वाद लिएका थिए । प्रदेसमा भयपनी घरदेसमा जस्तै गरी दशैँ माउन पाउँदा उपस्थितहरुले खुशी ब्यक्त गरेका थिए । सबिता केसीको कविता वाचनले कार्यक्रम लाई थप रौनक थपेको थियो । डिएक्सन कम्पनिको तर्फबाट अप्रेशन म्यानेजर शेबास्चान जोसेफ़ले सम्पूर्ण नेपालीलाई विजया दशमीको शुभकामना दिएका थिए।

October 21, 2018 4:10 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)