डिएक्सन दुबई शाखामा आबद्द नेपालीले मनाए बडा दशैँ
कैलास अर्याल –
युएई – जताततै दशैँ मनाई रहँदा डिएक्सन दुबई शाखामा आबद्द नेपालीले बडा दशैँ मनाएका छन् ।
गत शुक्रवार युएईको करमा स्थित डिएक्सन दुबई शाखाले बिजया दशमी टीका जमरा ग्रहण कार्यक्रम आयोजना गरी दशैँ मनाएको हो ।
यम घर्ती मगरले कार्यक्रमको उद्घाटन गर्नुभयको थियो भने नर प्रासाद ढकाल र अपृशा केसीले सामुहिक रुपमा कार्यक्रम संचालन गर्नुभयको थियो । कार्यक्रमको संयोजन गोबिन्द राहु बाट भएको थियो साथै कार्यक्रममा कैलाश अर्यालको मुख्य भुमिका रहेको थियो ।

कार्यक्रममा सबै उपस्थित हरुले आफु भन्दा अग्रजहरुको हातबाट टिका लगाई आशिर्वाद लिएका थिए । प्रदेसमा भयपनी घरदेसमा जस्तै गरी दशैँ माउन पाउँदा उपस्थितहरुले खुशी ब्यक्त गरेका थिए । सबिता केसीको कविता वाचनले कार्यक्रम लाई थप रौनक थपेको थियो । डिएक्सन कम्पनिको तर्फबाट अप्रेशन म्यानेजर शेबास्चान जोसेफ़ले सम्पूर्ण नेपालीलाई विजया दशमीको शुभकामना दिएका थिए।

October 21, 2018 4:10 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा