अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ
काठमाडौँ । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।

धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।
उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउँदै व्यवसायीले थाहा नपाउने गरी मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी फर्किएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।
ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए ।
October 25, 2018 3:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।