अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ
काठमाडौँ । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।

धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।
उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउँदै व्यवसायीले थाहा नपाउने गरी मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी फर्किएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।
ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए ।
October 25, 2018 3:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)