विश्वकप फुटबलमा खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो जमघट
काठमाडौं, असार । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाएका छन् । चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी, अनमोल केसीदेखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुबी राणा, लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रुपमा विश्वकप फुटबलको उद्घाटन खेल देखाएको हो ।
दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएका दिपक बिष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरी खड्का आकर्षणमा रहेका थिए । त्यैगरी नेपाली फुटबल टीमका कप्तान बिराज महर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथु पनि विश्वकप हेर्न किंग्स लाउञ्ज पुगेका थिए ।
हरी खड्काले नेपालमा पहिलो पटक विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरु एकै स्थानमा जमघट भएर विश्वकप फुटबललाई भव्य रुपमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे त्यसै गरी दिपक बिष्टले किंग्स लाउञ्जले सबै क्षेत्रका व्यक्तित्वलाई एकै स्थानमा जमघट गराएको भन्दै आभार प्रकट गरे ।अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष कृष्ण ब थापाका साथै उपेन्द्रमान सिंह, मधुसुधन उपाध्याय, पिताम्बर तिम्सिना पनि कार्यक्रममा उपस्थित थिए । क्रिकेट, व्याडमिण्टन, कराँते लगायत खेलका राष्ट्रिय खेलाडी तथा गोल्ड मेडलिष्टले पनि विव्कपको उद्घाटन खेल किंग्स लाउञ्जमा नै हेरेका छन् । महिला खेलाडीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र क्षेत्रका हस्ती भुवन केसी तथा अनमोल केसीका साथै राजेश पायल राई, बद्री पंगेनी, पहिलोृ मिस नेपाल रुबी राणा लगायतका चर्चित अनुहार सहभागि भए । १९७४ एडीका एड्रिन प्रधानका तथा समूहको विशेष सांगितक प्रस्तुतीले विश्वकपको उद्घाटन शत्रलाई विशेष बनाएको थियो ।
June 16, 2018 11:54 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता