एएफसी यु-१९ महिला छनोट फुटबलमा नेपालले भारतलाई हरायो
काठमाडौं, कात्तिक । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा पहिलो जीत निकालेको छ ।पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई २–० को हराएको हो । नेपालका लागि दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरिन् ।
थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन्भारतीय गोलरक्षक अगाडि बढेको अवस्थामा शानदार चीप शटमार्फत उनले गोल गरेकी हुन् ।
जितसँगै नेपालको एएफसी च्याम्पियनसिपमा छनोट हुने सम्भावना जीवितै बनेको छ । नेपालको २ खेलबाट ३ अंक भएको छ । समान एक जित र एक हारको नतिजा निकालेको भारतको पनि तीन अंक नै छ । समूहको पहिलो खेलमा भारतले पाकिस्तानबिरुद्ध १८–० ले हराएको थियो ।६ समूहबाट एक एक समूह विजेता र समूहको उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।
October 27, 2018 11:02 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)