Tuesday 22nd July 2025

सन्दीपको टिमद्वारा काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य

7 years अगाडी

काठमाडौं, कार्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन जोड्यो ।

काठमाडौंका लागि ओपनर आलमले ४७ बलमा ४ छक्का र ७ चौकासहित ६७ रनको महत्वपूर्ण योगदान दिए । त्यसैगरी विराटनगरका सुनिल धमला र राजेशपुलामी मगर समान ३०-३० रनमा पेभिलियन फर्किए ।बलिङतर्फ काठमाडौंका सुशान भारी, बसन्त रेग्मी र गौरव तमोरले समान दुई-दुई विकेट लिन सफल भए ।

          October 29, 2018 3:06 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...