रियल मड्रिडको संकट, दोषी को ?
एजेन्सी, १४ कात्तिक । पछिल्लो समय रियल मड्रिडमा ठुलै संकट परेको छ ।नयाँ प्रशिक्षकको खोजी गरेको रियलको समस्या प्रशिक्षक नियुक्त गरेपछि यथावत् रहने फुटबल पण्डितहरु बताउँछन् ।समस्या गोल गर्ने खेलाडीहरुको अभाव हुनु हो त्यसलाई क्लबले हालसम्म पनि पहिचान गर्न सकेको छैन ।
मिडिया रिपोर्टका अनुसार प्रशिक्षक जुलेन लोपेतेगुईलाई रियलमा अनुबन्ध गर्नु पुर्व रियलले नयाँ खेलाडी किन्ने योजनाबारे कुराकानी गरेको थियो ।तर, रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले नयाँ खेलाडी किन्न कुनै इच्छा नदेखाएको बताइएको छ । लोपेतेगुई र पेरेजबीच पनि यही कुरालाई लिएर विवाद भएको बताइएको छ ।
मिडिया रिपोर्ट अनुसार पेरेजको घमण्डका कारण रियलको साख गिरेको हो । क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको विकल्पको खेलाडी ल्याउन हरसम्भव प्रयास गर्नु पर्ने थियो ।त्यो उत्सुकता उनले देखाएनन् । रियलको संकट यतिमा सिमित छैन । मिडफिल्डर लुका मोड्रिच पनि रियल छोड्ने तयारीमा रहेका छन् । सिजनको सुरुवातमा नै उनले छोड्ने तयारी गरेका थिए ।
तर, रोनाल्डोले छोडेपछि उनलाई रियलमा बस्न पेरेजले नै आग्रह गरेका थिए ।रियलको संकट पार लगाउन अब पेरेजले कस्तो भुमिका खेल्छन् वा आफ्नो घमण्डमा अडिग रहेर क्लबमा थप संकट ल्याउँछन् त्यो भने सबैको चासोको विषय बनेको छ ।यस सिजन बार्सिलोनासँग लज्जास्पद हार भोगेको रियलको १० खेलमा १४ अंक रहेको छ ।
October 31, 2018 11:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)