चितवन राइनोजले दियो धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य
पोखरा प्रिमियर लिग क्रिकट (पीपीएल) मा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहले १०१ रनको साझोदारी गरेका थिए ।
जुन साझेदारी पीपीएलकै सर्वाधिक ठूलो साझेदारी हो । पहिलो विकेटका रुपमा अनिल साह ३७ रन बनाएर आउट भए । अर्का ओपनर हरिशंकर साहले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए । लगातार दुई विकेट गुमाए पछि चितवनको रन बनाउने रफ्तारमा कमी आएको थियो ।
तर नट आउट रहेका सन्नी पटेल र करन केसीले २६ र ११ रन बनाएका थिए । स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी,डन लरेन्स,योगेन्द्रसिंह कार्की र मन्जीत श्रेष्ठले एक एक विकेट लिएका थिए ।
October 31, 2018 11:47 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)