मेरी भगवान जस्तो श्रीमती लाई धोका दिएर पर-स्त्री सँग मोज मस्ती गरे , म माफी माग्न लायक पनी छैन ।
विनेश खनाल-
मस्कट, ओमन। मध्यपश्चिम रुकुमका उमेश बोहरा (नाम परिवर्तन) रोजगारीको लागि केहि वर्ष अगाडि खाडीमुलुक ओमन आए।
बुवा भारतिय सैनिकबाट अवकाश प्राप्त पेन्सन लाहुरे भएपनि वि.स २०६८ सालमा रुकुमबाट दाङको तुल्सिपुरमा परिवार बसाई सरेको हुनाले घरमा केहि ऋण थपिंदै गयो। परिवारको अवस्था त्यति धेरै कमजोर त थिएन तर आफूले पढ्न छोडिसकेको र घरमा पनि केहि ऋण परेकाले उनले विदेश जाने सोच बनाए। उनको विदेश जाने सोचलाई परिवारले पनि साथ दियो। २०७१ सालको जेठ्मा काठमाडौको वसुन्धारामा रहेको एउटा मेनपावर मार्फत उनको ओमनको लागि भिसा लाग्यो। जेठ महिनाकै अन्तिम साता तिर उमेश ओमनको लागि उडे।
उमेश ओमन छिर्दा घरमा २ वर्षको सानो छोरा थियो। श्रीमति शिक्षिका थिईन। उनी तुल्सिपुरको एउटा प्राथमिक विधालयमा पढाउने गर्थिन्। उमेश ओमनमा सिसाको झ्याल ढोका बनाउने एक कम्पनीमा स्टोर किपर कामको लागि आएका थिए। १२ कक्षा सम्म पढेको हुनाले उनलाई काममा कुनै समस्या भएन। तलब पनि राम्रै थियो। शुरुआतमै मासिक ८०/९० हजार कमाई हुन्थ्यो। कम्पनीले दिने अरु सुविधा पनि राम्रै दिएको थियो।
उमेश प्रदेश हिंड्ने वेला थुप्रै सपना बोकेर हिंडेका थिए। धन कमाएर घरमा लागेको ऋण तिर्ने,परिवारको भविष्य उज्ज्वल बनाउने, छोरा लाई राम्रोसंग पढाउने जस्ता। तर यहाँ भने सोंचेको ठिक विपरीत भैईदियो। घरमा कहिल्यै पनि पैसाको अभाव महशुस नगरेका उमेशले पैसा लाई चिन्न सकेका थिएनन। पैसाको महत्व कति हुन्छ भनेर कत्ति पनि हेक्का थिएन। कमायको सवै पैसा विदेशमै उडाउन थाले। नेपालमा छंदा रक्सी पिउने वानी थियो उनको। ओमनमा पनि उनले रक्सी पिउन थाले। रक्सीमा पनि आफुले मात्रै होइन सवै साथिहरुको लागी खर्च गर्थे। रक्सीको साथमा जुवा– तास पनि खेल्थे। महिनाभर दुःख गरेर कमाएको पैसा यसैगरी खर्च गर्थे।
विस्तारै उमेश ओमनमा अरु घुलमिल हुँदै गए। शुक्रबार बाहिर पनि निस्कन थाले, बाहिर पनि उनको त्यस्तै प्रवृत्ति भएका साथिहरुसँग संगत हुन्थ्यो। साथिहरुको लहलहैमा कहिले कता कहिले कता घुम्दै हिंड्थे। कमाएको पैसा घरमा कहिल्यै पनि नपठाउने। एक दिन साथिभाईसँग तास खेल्ने बेलामा ओमनको ६०० रियल अर्थात नेपाली करिव १ लाख ६५ हजार एकै पटकमा हारेका थिए।
एकैदिन त्यति धेरै पैसा हारेपछि जुवा–तास खेल्न त छोडे उनले तर फेरी उनि केटीसाथिसँग नजिक हुन पुगे। सुरु–सुरुमा माया–प्रेम नै गरेको जस्तो गर्ने नेपाली केटिहरु देखेर जुवा, तास र रक्सीमा भन्दा बढि ध्यान उतातिर दिन थाले। प्रत्येक शुक्रबार केटिको साथमा नै हिंड्ने, डुल्ने गर्थे। केटिको लागि थुप्रै खर्च गर्न लागे। उनिहरुका लागि सपिङ्ग गरिदिने, रिचार्ड कार्ड हालिदिने, नगद पैसा दिने, उनिहरुको साथमा रेस्टुरेन्ट, गेस्ट हाउसमा जाने गर्नाले उनले कमाएको १ पैसा पनि बचाउँदैन्थे। तलब आउने बेलासम्म उल्टो ॠणमा हुन्थे।
यता घरबाट श्रीमतीले फोन गरेर पैसा पठाईदिन भन्दा कम्पनीले सेलरी रोकिदिएको भनेर झुठ बोल्थे। जतिबेला पनि त्यही भन्दा श्रीमतिलाई शंका त लाग्थ्यो कतै श्रीमानले गलत काम गर्दै त छैन भनेर तर पनि नराम्रो नसोंची सांच्चिकै कम्पनीले सेलरी नदिएर होला भन्दै मन सम्हाल्ने गर्थिन्। कमाई नै नहुने भएपछि मुलुक फर्किन अनुरोध गर्थिन्। उमेशले सेलरी दिएपछि सवै पैसा पठाउने भन्दै आश्वासन दिन्थे।
उमेशले प्रत्येक पटक नयाँ–नयाँ केटि लाई लिएर हिंड्थे, खर्च गर्थे। उनले बनाएका कोहि केटिसाथिहरुले खानु सम्म खाएर छोडिदिन्थे त कोहि केटिलाई भने उमेश आफैले छोड्थे कोहि नयाँ राम्रो केटि पाउन साथ। यसरी उमेश एक किसिमको लतमै पर्न थाले। अरु देसका केटिहरुसंग पनि उनि पुग्थे, पैसा खर्च गरेर मस्ति गर्थे। घरमा फोन पनि कम गर्थे। कहिलेकाही कम्पनीको ट्रेनिङहरु परेको बेलामा दुवै पनि जाने गर्थे उनि। दुवैमा पनि उनले त्यस्तै गर्थे। कम्पनीमा कामको पफोमेन्स भने राम्रै थियो उनको, पुरानो पनि हुँदै गएकोले स्टोरकिपरबाट सुपर–भाईजर भएका थिए। तलब अरु धेरै बढेको थियो। तर उनको कमाईको १ रुपैयाँ पनि परिवारलाई काम लागेको थिएन।
यसैविचमा दुई वर्ष बित्यो उनि नेपाल फर्के विदामा। बिदेशमा रहँदा श्रीमानले टेन्सन मात्रै दिएपनि नेपाल आउन लाग्दा श्रीमति भने निकै खुशी थिइन्। श्रीमान आएपछि पुनः विदेश नपठाउने र सम्झाई बुझाई गरेर सुधार्ने उनको सोच थियो। उमेशलाई लिन काठमाडौ आईन उनी। तर नेपाल गएपछि पनि उमेशले श्रीमतिलाई धोका दिईरहेका थिए । श्रीमतिलाई बोलाएको दिन भन्दा २ दिन पहिले नै काठमाडौ ओर्लिएका थिए। काठमाडौको ठमेलमा मोज मस्ती गर्दै बसे २ दिन सम्म। दुई महिना नेपाल बिदामा गएका उमेशले त्यहाँ पनि परिवारलाई दिनु सम्म दुख दिए। मोज, मस्ती गर्दै हिंड्थे। श्रीमतिकै आँखा अगाडि नै केटिहरु लिएर हिंड्थे। घरमा कसैले भनेको सुन्दैन थिए। आफूले विदेशबाट लगेको पैसा सबै उडायर श्रीमतिसँग, आमासँग पैसा मागेर मोज मस्ती गर्थे। उनलाई सुधार्न श्रीमति र परिवारले अथाह प्रयास गरे तर सकेनन्। उनलाई नेपालमै केहि ब्यवसाय गरेर बस्न अनुरोध गरे, र त्यसका लागी आफुहरुले सहयोग गर्ने बताए। तर उमेशले मानेनन्। दुई महिना बिदा सकाएर फेरी ओमन फर्के।
ओमन फर्किसकेपछि पनि पहिला जस्तै मोज मस्तिमै उनका दिनहरु बितिरहेका थिए। केहि दिन अगाडि डिसि नेपालबाट प्रकाशित भएको ओमनमा कार्यरत बर्दियाकि एक नेपाली चेलिको वास्तविक प्रेम कथा उमेशको फेसबुक वालमा पनि पुगेछ। जुन सत्य कथालाई मैले नै शब्दमा उतारेर प्रकाशित गरिदिएको थिए। त्यो कथासंग उमेशको जिवनी मेल खाने त थिएन। तर पहिला जतिसुकै केटाले गल्ती गरेको भएपनि अन्तिममा उनिहरुको मिलन भएको कुराले उमेशको पनि मन छोएछ। उनलाई आजसम्म गल्ती गरेकोमा पछुतो लागेछ। अब सुध्रनु पर्छ भन्ने मनमा लागेछ। उनले मलाई फेसवुकमा खोजेर रिक्वोस्ट पठाए। उनले आफ्नो बारेमा सबै कुरा बताए म संग। जुन सबै मैले माथी बताए ।
उमेश मलाई भेट्न् आए। बिदेसमा अति नै गल्ती गरेको बताए। अब आफू सुध्रन चाहेको तर आफु श्रीमतिसँग माफी माग्न लायक नभएको गुनासो गरे। परिवारको खुशीको लागि बिदेश आएर उल्टो दुख दिएको हुनाले आफू माफीको लागि लायक नभएको कुरा दोहोर्याए। आफ्नो भगवान् जस्तो श्रीमतिलाई धोका दिएर विदेशमा पर–स्त्रीसंग लागेको हुनाले आफूलाई श्रीमतिको पाप लाग्ने बताए। श्रीमतिकै अगाडि पर–स्त्रीहरुलाई घुमाउदैं हिंडदा सम्म पनि सहेर बसेको सम्झे। विदेशबाट आफूले सुका पैसा नपठाउँदा समेत घर व्यवहार चलाएर ईमान्दारी पूर्वक बसेको कुरा सम्झे। यति बेला श्रीमतिको अत्यन्तै माया लागिरहेको थियो उनलाई। म संग धेरै रोए उमेश। मैले पनि धेरै सम्झाए। अझै पनि केहि नबिग्रेको कुरा गरें सवै बानिलाई तुरुन्त त्याग्न अनुरोध गरे। उमेशले अबदेखि सबै कुरा छोड्ने बताए। छिटोभन्दा छिटो नेपाल फर्किने कुरा गरे उनले। तर मैले भने उनलाई अहिलेसम्म कमाएको पैसा बचाउंन नसकेकोले अझै केहि वर्ष दुख गरेर केहि पैसा जम्मा गरेर नेपाल फर्कन सल्लाह दिए। किनभने उनको काम र कमाई राम्रो थियो यहाँ। श्रीमतिसग माफी माग्न लगाए। उनले माफी मागे, अब गल्ती नगर्ने कसम खाए। आफ्नो श्रीमानले एक्कासी त्यसरी सुध्रन्छु भन्दै कसम खांदा उनि अचम्म परिन्। आफ्नै श्रीमति न हुन् त्यसरी बाचा कसम गर्दै श्रीमानले अब गल्ती गर्दैन भन्दा उनको मन पग्लियो माफी दिइन्। अरु माया सदभाव देखाईन श्रीमान प्रति। मैले सल्लाह दिए उमेशलाई श्रीमतिलाई केहि महिना ओमन बोलाउनुहोस् घुमघाम गर्न भनेर। मेरै सल्लाह बमोजिम उनले श्रीमतिलाई ओमन बोलाउने भएका छन् घुमाउने निहुँमा। श्रीमति पनि आफ्नो स्कुलको विदा मिलाएर केहि महिनाको लागी छिट्टै ओमन आउने तयारीमा छिन्।
यहाँ उमेश एक प्रतिनिधि पात्र मात्रै हुन्। परिवारको खुशीको लागि बिदेशयिका थुप्रै नेपाली युवाहरुको जिवन यसैगरी बिग्रेको छ। महिनाभर दुस्ख गरेर कमाएको पैसा विदेशमै मोज मस्तिमा उडाएका छन्। जसले गर्दा उनीहरुको जिवननै वर्वाद भैरहेको छ।
June 17, 2018 12:48 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण